यस पुस्तकको
बारेमा
आयुर्वेद परम्परालाई र्सवप्राचीन चिकित्सा
पद्धति मानिएको छ । आयुर्वेद शास्त्र अपार ज्ञानको भण्डार हो । त्यस भण्डारबाट अध्ययनको
चौंथो तह को पाठ्यक्रमको आधारमा सीमित रहेर यो आयुर्वेद लोकसेवा सहयागी नामको पुस्तक तयार गरिएको छ । पाठ्यक्रम
निश्चित उदेश्यमा पुग्ने राजमार्ग हो भने, पाठ्यपुस्तक त्यस
ठाउसम्म पुग्ने साधन हो । यो भनाई लाई हृदयमङ्ग गरि यो पुस्तक तयार गरिएको छ । यो पुस्तक
विशेषत चौंथो तह को लागी तयार गरिएको हुदा आयुर्वेद का सम्पुण विषयलाई विस्तृत रुपमा
वर्ण्र्ाानगरि छोटो र मिठो रुपमा तयार गरिएको छ । तर चौथों तहको पाठ्यक्रमा आधारित
भएता पनि आयुर्वेद का सम्पूर्ण विधार्थीको लागी उपयोगी हुने आशा गरेको छु । र यसमा
हाल सम्म लोकसेवा आयोगमा सोधिएका वस्तुगत प्रश्नउत्तरहरु समावेश गरिएको छ ।
लोकसेवा आयोगद्वारा निर्धारित नय“ा पाठ्यक्रम अनुसारका
सहयोगी सामाग्रीको अभावलाई पूरा गर्ने हेतुले आयुर्वेद लोकसेवा सहयागी नामक पुस्तक
प्रकाशन गरिएको छ । यो पुस्तक तयार गर्ने क्रममा विभिन्न विद्वान लेखकहरुका पुस्तकहरुको
सहयोग लिई तयार गरिएको हुदा आयुर्वेद लोकसेवा सहयागी नामको पुस्तकले आदरणीय पाठकवर्गहरुलाई
सहयोग पुग्नेछ भन्ने आशा गरेको छु ।
प्रस्तुत पुस्तक
आयुर्वेद लोकसेवा सहयागी लोकसेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित आयुर्वेद आयुर्वेद
का विषयहरुलाई समावेश गरी तयार गरिएको छ । यस पुस्तक तयार गर्ने क्रममा संकलनमा सहयोग
गरिदिने पवित्रा कुमारी वलीप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
अन्तमा, सजगता अपनाउँदा
अपनाउदै पनि पुस्तक लेखनका र्सर्न्दभमा देखिएका गल्ति कमी-कमजोरी औंल्याई आगामी संस्करणलाई
निरन्तरता प्रदान गर्न सम्पूर्ण पाठकवर्गहरुलाई अमूल्य सुझाव तथा सहयोग प्रदान गरिदिनु
हुन हार्दिक अनुरोध गर्दछु ।
प्रस्तुत पुस्तक
सबैमा लोकप्रिय बनी सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । मंगल बिष्ट
"मौसम
आयुर्वेद नित्य, शाश्वत र अनादि ज्ञानको भण्डार हो आयुको ज्ञान, त्यसको विवेचन सम्बन्धि जुन
शास्त्रमा उल्लेख पाईन्छ, त्यसलाई आयुर्वेद भनिन्छ आयुर्वेदको अभूत्वत्पत्तिको उल्लेख पाईदैन्, केवल अवबंध एवं उपदेशको
माध्यमबाट अभिव्यक्तिको निर्देश छ धर्म, अर्थ एवं सुख यो सम्पूर्णको साधन आयु हो आयुको रक्षणार्थ र वर्धनको
लागि मनुष्यले आयुर्वेदको ज्ञान लिनु अपरिहार्य छ आयुर्वेद जीवनको प्रत्येक
क्षण-क्षणमा समाहित छ आयुर्वेदको आवश्यक्ताको अनुभूति सदैव मनुष्यलाई स्वस्थको
रक्षणार्थ तथा रोग निवारणार्थ रहन्छ। ब्रह्माद्वारा आयुर्वेदको ज्ञान ग्रन्थ
ब्रह्म सहिताको रुपमा यस जगतलाई प्रवाहण गर्नुभएको थियो यस रुपमा आएको आयुर्वेदलाई
विद्वान आचार्यहरु तथा ऋषिहरुले ग्रहण गर्दै यसको विकास, परिमार्जन तथा सम्बर्धित रुपमा
हस्तान्तरण गर्दै जानुभयो स्वास्थ्य सेवाको अपेक्षा अनुरूप प्राचीन कालका ऋषिहरु, आचार्यहरुले विविध आयुर्वेद
शास्त्रको रचना गर्नुभएको थियो र आर्वाचीन आचार्यहरुले त्यस्ता ग्रन्थहरुको अति
सूक्ष्म अध्ययन गरी विविध विषयहरुमा नवीन ग्रन्थ रचना गरी यस ज्ञानको
प्रसार-प्रचार गर्दै यस जगतलाई सदैव निरोगता, आरोग्यता तथा आयुको रक्षणको
कार्यमा तल्लिन रहनुभइको पाईन्छ। नेपाल आयुर्विज्ञानको भण्डार हो विविधताले
भरिपुर्ण नेपाल जडिबटीको संसारका मुख्य घर हो नेपालको विकाशक्रमसंगै आयुर्वेद सदैव
जोडिएको छ आयुर्वेदमा उल्लेख भएको वातावरण, जडीबुटी तथा विविध द्रव्यहरु
नेपालको भौगोलिकता अनुरुप पाईन्छ तसर्थ, आयुर्वेद नेपालको मौलिक चिकित्सा पद्धति हो आयुर्वेदको नेपालमा
विकासक्रमले पनि यो सिद्धान्तलाई प्रष्टाउछ नेपालमा यति धेरै विविधता तथा
द्रवद्रव्यहरुको उपलब्धि भएता पनि आयुर्वेदको ज्ञान चिकित्सा अध्ययनको रुपमा विकास
हुन भने लामै समय लाग्यो ।
आयुर्वेद चिकित्सा पद्धति नेपालीको प्रत्येक घर-घरमा जन-जनमा उपलब्ध
छ तर, पहिले नेपालमा आयुर्वेद चिकित्सा पद्धतिको अनुशरण र चिकित्सा अध्ययन
र अध्यापन हुन नसकेको अवस्था थियो आधुनिक चिकित्सा विज्ञानको प्रभाव नेपालमा भएको
लामो समय भएको छैन्, परापूर्व कालदेखि नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद भएतापनि
यसको सम्यक् ज्ञानको जनसमुदाय माझ पुग्न सकेको थिएन् यसको मुख्य कारण आयुर्वेदमा
उपलब्ध सम्पुर्ण ग्रन्थहरु संस्कृत भाषामा उपलब्ध छन् जब सम्म संस्कृत भाषाको
ज्ञान हुदैन्, तबसम्म आयुर्वेदको ज्ञान प्राप्त गर्नपनि स्वतः व्यवधानको रुपमा आउँछ
नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद भनिरहदा यसको संरक्षण, विकास र संवर्धनको जिम्मेवारी
पनि स्वतः नेपाल माथि नै पर्ने हुन्छ यस विषयलाई मध्य नजर गरी नेपालको विभिन्न
कालखण्डमा यस शास्त्रको ज्ञानको लागि र विकासको लागि तथा विभिन्न देशमा आयुर्वेद
ज्ञानको प्रचार प्रसारको लागि पठन-पाठनको व्यवस्था पनि गरिएको थियो। तर, तीव्र विकासको गति भने लिन
सकिरहेको थिएन तथापि आयुर्वेदको प्रवर्धन, सम्वर्धन भने भएको थियो बढ्दो
जनसंख्या साथै बढ्दो रोग संक्रमणको कारण मानिस रोगले आक्रान्त हुन थालेका थिए। तर
आयुर्वेद संस्कृत भाषामा उपलब्धता पनि चिकित्साकर्ममा असहजता चिकित्सकको अभावसंगै
भएको थियो। नेपालमा हाल पनि नेपाली भाषामा आयुर्वेद सम्बन्धि ग्रन्थहरुको अभाव
लामो समय देखि रहेको छ भने अध्ययन अध्यापनको स्थानहरुको अभाव नै रहेको छ तसर्थ, नेपालमा त्रिभुवन
विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको आङ्गिक क्याम्पस
आयुर्वेद क्याम्पसमा आयुर्वेदको अध्ययन अध्यापन हुदै आएको छ। पाठ्यक्रमका
विषयवस्तुहरुको पुर्णरूपमा समावेश गरेर अभिनव स्वरुपमा आयुर्वेद तथा आधुनिक
वैज्ञानिक शैलिलाई अपनाई आयुर्वेद अध्ययनमा सहजता प्रदान गर्ने प्रयास गरेको छ
तसर्थ, पाठ्यक्रम अनुसार तयार
गरिएको यो ग्रन्थ सम्पुर्ण अध्ययनरत वर्गहरुमा लाभ होस् भनि तयार गरिएको हो
आयुर्वेदको विज्ञहरुको सल्लाह, अध्ययनरत मित्रहरुको सुझाव र आयुर्वेदका आवश्यक्ता महशुस र चिकित्सा
कार्यमा सहजताको आधारको लागि यो पुस्तक तयार गरिएको हो । यस ग्रन्थमा काय चिकित्सा, शल्यतन्त्र, शालाक्यतन्त्र, स्त्री रोग तथा प्रसूति तन्त्र, कौमारभृत्य को विवेचन पाईन्छ ।
यो पुस्तक पूर्वीय चिकित्सा पद्धतिको परिचय र पश्चिमी चिकित्सासंग निकटता औल्याई
त्यसरी नै तयार गरिएको हुनाले सम्पूर्ण उल्लेखित विषयहरुमा लाभ पाउन सक्नुहुनेछ ।
आयुर्वेदको चिकित्साकर्मलाई सहज तथा सरल रुपमा बुझ्नको लागि यो पुस्तकले सहयोग
गर्नेछ । तसर्थ, चिकित्सा हेतुले यस पुस्तकको रचना भएको हुनाले चिकित्साकर्ममा आबद्ध
हुनुहुने सम्पूर्ण वर्गमा तथा बी ए एम्.एस् तृतीय फेजका भाई बहिनीको लागि
पाठ्यक्रममा आधारित गरी तयार गरिएको हुनाले यो पुस्तक अध्ययन नै परीक्षा उत्तीणको
एक मात्र विकल्प हो । यो पुस्तकलाई पाठकको हालसम्म पुयाउन विविध पक्षबाट सल्लाह र
साथ दिनुहुने सम्पुर्ण वर्गहरुमा हामी नतमस्तक छौ । हाम्रा आदरणीय गुरुजनहरु
गुरुआमाहरु तथा दाई दिदीहरुको सहयोग हामी कहिले पनि विसने छैनौ । हाम्रा प्रिय
मित्रहरुको साथ नै हाम्रा लागि मेहनतको एकमात्र सूत्र हो । हाम्रा प्यारा सम्पूर्ण
भाईबहिनीहरुको होता तथा साथ कारण तिमीहरुको लागि यो पुस्तक तयार गर्न हामी सफल
भएका छौं । त्यस्तै समीक्षा पब्लिकेशन परिवार र श्री मोहन आचार्य ज्यूलाई
आयुर्वेदको यस महत्वपूर्ण पुस्तक प्रकाशनमा गर्नुभएको सहयोग र दिनुभएको साबको लागि
धेरै धेरै धन्यवाद दिन चाहन्छौं । हामी सबै प्रति पुनः आभार व्यक्त गर्न चाहन्छौ ।
हाम्रा बुबा, आमा, दिदीहरुको सहयोग नै हाम्रा लागि मेहनत गर्ने आधार र जागर प्राप्त
गर्ने स्रोत बनेको छ । पुस्तकमा केही कमजोडी र गल्तीहरु भएमा सच्याई दिन र बाटो
देखाइदिनुहुन सम्पूर्ण पाठकवर्गहरुमा अनुरोध दौ । अन्तमा पाठक वर्गबाट यस पुस्तक
सम्बन्धी ठोस सुझाव पाए त्यसतर्फ गहन्तापूर्वक मनन गरी आगामी संस्करणको प्रबन्धमा
यथोचित ध्यान दिने संकल्प गर्दछौं।
0 Comments:
Post a Comment